विराटनगरः मोरङ रतुवामाइ नगरपालिका–३ बस्ने ६० वर्षीया चिन्तिदेवी ताजपुरियाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।
बुधबार बेलुका ५ बजे सोही स्थानमा मे११प ५४५५ नम्बरको मोटरसाइकलले पैदल हिँड्दै गरेकी ताजपुरियालाई ठक्कर दिँदा घाइते भएका थिए ।
घाइते ताजपुरियाको रंगेली अस्पतालमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवा मोरङले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक सोही स्थानका अक्षयकुमार ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।