Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटा बजारनजिकै भीषण आगलागी

हाम्रो कोशी आवाज
चैत्र २१ २०७७, शनिबार
धनकुटा बजारनजिकै भीषण आगलागी

धनकुटाः धनकुटा नगरपालिका–६ स्थित हाँडीखर्क सामुदायिक वनमा भीषण आगो लागेको छ । शनिबार दिउँसो साढे ३ बजेबाट शुरु भएको आगो अझै नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ ।
आगो बढ्दै गएकाले आसपास क्षेत्रको बस्ती जोखिममा परेको छ । ‘विशेषतः आगो जंगलक्षेत्रको लामो एरियामा फैलिएको छ, त्यही भएर पनि निभाउन सकिरहेका छैनौं,’ धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारी भन्छन्, ‘दमकल पुग्न पनि सडक नभएकोले समस्या छ ।’
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेको उनले जानकारी दिए । ‘अहिले पनि सबै लागेर आगो निभाउने प्रयासमा छौं ।’ उनले भने ।

आगो नियन्त्रण हुन नसक्दा बस्ती समेत जोखिममा परेको छ । शुरुमा चिरबिरे चौतारा आसपासबाट आगलागी शुरु भएको थियो । हावाहुरीका कारण तीब्ररुपमा आगो फैलिएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।
आगलागीबाट चुलिवननजिकको एउटा घर जलेर नष्ट भइसकेको छ । दिउँसो जंगलको तल्लो भागबाट शुरु भएको आगो अहिले बस्तीतर्फ बढ्दै गएको छ । आगलागी नियन्त्रणमा नआए औद्योगिक ग्रामसहित आसपासको करिब ३०–३५ घर जोखिम रहेको स्थानीयबासीले बताएका छन् । आगो बढ्दै गएमा औद्योगिक ग्रामसहित आत्मारा, कोल्डस्टोर र फोक्लेण्ड टापु टोलबस्तीसमेत जोखिममा रहेको स्थानीयबासी बताउँछन् ।

प्रकाशित मिति: चैत्र २१ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend