Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आगलागीबाट २२ लाखको क्षति

हाम्रो कोशी आवाज
चैत्र २२ २०७७, आइतबार
आगलागीबाट २२ लाखको क्षति

विराटनगरः १ नम्बर प्रदेशका दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट अन्दाजी २२ लाख भन्दा बढीको क्षति भएको छ ।
आइतबार दिउँसो साढे १२ बजेको समयमा खोटाङको खोटेहाङ गाउँपालिका–७ मा रहेको मटकेनी सामुदायिक वनबाट शुरु भएको आगलागीले जंगल नजिकै रहेको छविलाल बस्नेतको घर जलेर पुर्ण रुपमा क्षति हुँदा घर भित्र रहको अन्न पात, भाडा वर्तन, लता कपडा समेत जलि नस्ट भई अन्दाजी २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सो स्थानमा इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी भोजपुरको रामप्रसाद राई गाँपालिका ६ का पुष्प बस्नेतको घरमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ । घर नजिकै रहेको सल्लेरी सामुदायिक वनबाट शुरु भएको आगलागी बस्नेतको घरमा समेत सल्केर घरभित्र रहेको अन्न पात, भाडा वर्तन, लता कपडा समेत जलि नस्ट हुँदा अन्दाजी २०,००,०० बराबरको क्षेती भएको तथा सो स्थानमा प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र २२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend