धरानः धरान–८ भोटेपुलबाट एक युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले सोमबार बिहान उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २७ वर्षीय सविन नेपाली रहेका छन् ।
बिहान साढे ५ बजे विशेष सूचनाको आधारमा नेपालीको घरकोठामा लुकाई राखेको लागूऔषध डाइलेक्स डिसी ६ बोतल र स्पास्मो प्रोक्जोभिन आरप्लस ३३६ क्याप्सुलसहित उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।