Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चटयाङ लागेर तीनजना घाइते, डुबेर मृत्यु

हाम्रो कोशी आवाज
चैत्र २७ २०७७, शुक्रबार
चटयाङ लागेर तीनजना घाइते, डुबेर मृत्यु

विराटनगरः बिहीबार बेलुका वर्षासँगै परेको चटयाङबाट छुट्टाछुट्टै स्थानका तीनजना घाइते भएका छन् ।
सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ वर्षीया सलिना खातुन आफ्नै घरमा बसिरहेको अवस्थामा चटयाङमा परी घाइते भएकी उनको जिल्ला अस्पताल इनरुवा उपचार भइरहेको छ ।
उता, ओखलढुंगा सिद्धिचरण–६ बस्ने १५ वर्षीया रश्मीताा मगर घरभित्र रहेको अवस्थामा चटयाङमा परी घाइते भई मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ ।
यस्तै, संखुवासभा मकालु–५ नुम बजार २३ वर्षीय लिलाबहादुर दर्जी आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङमा परी घाइते भएका थिए । हाल उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भइरहेको जनाएको छ ।
यस्तै, ओखलढुङगा चम्पादेवी गाउँपालिका–२ खोपगाउँ का २० वर्षीय प्रकाश सुनुवारको पौडी खल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
बिहीबार दिउँसो ११ बजे सोही स्थानमा रहेको लिखु खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेको स्थानीय मानिसहरुले देखेर खोलाबाट निकाली उपचारको लागि जिल्ला सिन्धुली खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पताल लगेकोमा उपचारको क्रममा सुनुवारको दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २७ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend