Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लान्यस फुड बैंक इटहरीले धनकुटाका आगलागीपीडितलाई राहत बाँड्यो

हाम्रो कोशी आवाज
चैत्र २७ २०७७, शुक्रबार
लान्यस फुड बैंक इटहरीले धनकुटाका आगलागीपीडितलाई राहत बाँड्यो

धरानः लायन्स फुड बैंक इटहरीले धनकुटाका आगलागीपीडितलाई राहत वितरण गरेको छ ।
केहीदिनअघि धनकुटा नगरपालिका-६ स्थित हाँडीखर्क सामुदायिक वनमा भीषण डढेलो लाग्दा धेरै घर परिवार घरबारविहीन बनेका थिए ।
धनकुटाको विभिन्न ठाउँका ६ घर परिवारलाई राहत वितरण गरिएको लायन्स सदस्य चिन्तामणि सापकोटाले जानकारी दिए । प्रत्येक घर परिवारलाई प्रति परिवार ५० केजी चामल, दुई केजी दाल, नुन, न्युटेलालगायतका खाद्यान्न वितरण गरिएको उनले जानकारी दिए ।
अध्यक्ष भविन खड्काको नेतृत्वमा अन्य सदस्यको पनि उपस्थिति रहेको थियो । नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष दिनेश राईको समन्वयमा सो खाद्यान्न वितरण गरिएको हो ।

प्रकाशित मिति: चैत्र २७ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend