Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आउँदै गरेको जीप धनकुटामा दुर्घटना

हाम्रो कोशी आवाज
चैत्र २७ २०७७, शुक्रबार
धरान आउँदै गरेको जीप धनकुटामा दुर्घटना

धनकुटाः धरान आउँदै गरेको जीप धनकुटामा दुर्घटना हुँदा जीपमा सवार पाँचजना घाइते भएका छन् ।
हिलेबाट धरानतर्फ आउँदै गरेको को१ज २४०६ नं को बोलेरो धनकुटा–६ स्थित दीपाचोकमा दुुर्घटना हुँदा यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए । दुर्घटनामा छथर जोरपाटी गाउँपालिका ३ का ३३ वर्षीय चालक कुमार लिम्बू, ४५ वर्षीय मनकुमारी लिम्बू , २२ वर्षीय रिङ्की लिम्बू, छथर जोपाटी गाउँपालिकाकै वडा नम्बर ४ का ४४ वर्षीय हिमकुमार भट्टराई र २७ वर्षीय सुन्दर लिम्बू घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते चालक कुमार लिम्बूलाई धरानस्थित बीपी प्रतिष्ठान पठाइएको र बाँकी चारजनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको हात र टाउकोमा चोट लागेको उनले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र २७ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend