Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युएन, नवोदय कलेजद्वारा अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना

हाम्रो कोशी आवाज
चैत्र २८ २०७७, शनिबार
युएन, नवोदय कलेजद्वारा अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना

धरानः शहरी जीवन स्वास्थ्यका लागि समेत फुटसल धेरैको रोजाइमा पर्न थालेको छ ।
फुटसलले खेलाडीमा खेलको स्किल बढाउँदछ । शारीरिक व्यायमको रुपमा समेत फुटसलको प्रयोग गर्न थालिएको छ । फुटसलले फुटबल सम्बन्धी ज्ञान बढ्छ । खेलाडीमा निखारता थप्छ ।
यसै क्रममा धरान–१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीबीच आयोजित फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा बिबिएस प्रथम वर्षका विद्यार्थीले विजेता बनेका छन् । कक्षा–११ का विद्यार्थीले फस्ट रनरअप बने । बिबिएसका छात्रले ५–३ गोल अन्तरले कक्षा–११ का छात्रलाई हराउन सफल बनेका थिए । कार्यक्रममा उनीहरुलाई रनिङ शिल्ड वितरण गरिएको थियो । कलेजका प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगन श्रेष्ठ, म्यानजमेण्ट कोअर्डिनेटर सुमन बाँस्कोटा, विष्णु दाहाललगायतले उनीहरुलाई अविर लगाउँदै शिल्ड प्रदान गरेका थिए ।
विद्यार्थीको १३ टोली सहभागी भएको प्रतियोगितामा बिबिएस प्रथम र कक्षा–११ का विद्यार्थी फाइनलमा पुगेको कलेजका प्रमुख तुम्बापोले जानकारी दिए । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले जानकारी दिए ।
यसअघि शिक्षक र विद्यार्थी, शिक्षक र कर्मचारीबीच पनि मैत्रीपूर्ण खेल भएको थियो । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: चैत्र २८ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend