Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापाको बुट्टाबारीमा ओभरटेक गर्दा ट्रकको ठक्करले मृत्यु

हाम्रो कोशी आवाज
चैत्र २९ २०७७, आइतबार
झापाको बुट्टाबारीमा ओभरटेक गर्दा ट्रकको ठक्करले मृत्यु

बिर्तामोडः बिर्तामोड-६ बुट्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार बिहान ७ बजे भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालक अर्जुनधारा-५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरीको मृत्यु भएको छ ।
पूर्वतर्फ जाँदै गरेको मे१ख २६२७ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको मे४प ६७४८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्किन गई मोटरसाइकल अनियन्त्रित भई बिपरीत दिशाबाट आउँदै गरेको ना४ख ७२८९ नम्बरको ट्रकले ठक्कर दिई घाइते भएका चौधरीको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुरयाउनासाथ मृत्यु भएको हो ।
ट्रक, ट्रक चालक इलाम देउमाइ–६ रक्सेका ४२ वर्षीय निमा शेर्पा र बस, बस चालक मोरङ उर्लाबारी ४ का ३० वर्षीय खड्कबहादुर भुजेल नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २९ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend