सुनसरीः सुनसरीको दुहबी नगरपालिका–११ तनमुनामा थ्रेसरबाट आगोलागी हुँदा लाखौको धनमाल क्षती भएको छ ।
सोमबार दिउँसो साढे ११ बजे सोमनलाल माझीको घर आँगनमा थ्रेसर राखी गँहु झारी रहेको अवस्थामा अचानक थ्रेसरबाट आगोलागी हुँदा प्र.–१–००२–००३ त १२५७ नम्बरको ट्याक्टर, थ्रेसर र सोमलाल माझीको घर तथा घरमा रहेका सरसामान, अन्नपात जलि नष्ट हुँदा १९ लाख बराबरको धनमाल क्षती भएको हो ।
आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा दिउँसो साढे १ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगो निभाउने क्रममा सोही स्थानका ४७ वर्षीय राजेन्द्र शाह समेत घाइते भई उपचारको लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।