तेह्रथुमः तेह्रथुम म्याङलुङ नगरपालिका ३ नागदह बस्ने ७२ वर्षीया फूलमाया ढुंगानाको आगोले जलेर मृत्यु भएको छ ।
सोमबार उनी घरदेखि नजिक आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो नजिकै रहेको बासझ्याङमा पुगेको थियो ।
बासझ्याङमा आगो सल्किएको थाहा पाई स्थानीय किशोरप्रसाद सिग्देल र फूलमायाकी जेठी बुहारी आई निभाउने क्रममा सोही बासझ्याङमा खोल्सी परेको स्थानमा फूलमायाको शरीरको पूर्णरुपमा कपडा जलिसकेको र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।