Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख १ २०७८, बुधबार
छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु

धरानः इटहरी–१४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी–७ का १४ वर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ वर्षीय सायल चौधरी रहेका छन । मंगलबार बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुलाई स्थानीयसहित खोजी गरिरहेको प्रहरीले फेला पारी उपचारको लागि धरानस्थित बीपी प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा भुर्तेलको राती ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको सो कार्यालयले जनाएको छ ।
यस्तै, मोरङको सुन्दरहरैंचा–७ बस्ने ६५ वर्षीया मैया श्रेष्ठको टिफरको ठक्करबाट मृत्यु भएको छ ।
बुधबार बिहान सवा ५ बजे सुन्दरहरैंचा–७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ख ८५३० नम्बरको टिपरले पैदल हिँडिरहेकी मैयालाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएकी थिइन् ।
गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल बिराटनगरमा उपचार क्रममा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने टिपर र चालक सुन्दरहरैंचा–५ का कुमार भण्डारी नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
यसैगरी मोरङ सुनवर्षी–८ बस्ने ३० वर्षीय वीरेन्द्रप्रसाद मण्डलको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।
बिहान सवा ४ बजे सुनवर्षी–८ स्थितमा बिआर३८आर ८७९० नम्बरको भारतीय मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार रहेका मण्डलको मृत्यु भएको हो । मोटरसाइकल चालक सोही स्थानका २९ वर्षीय चन्दन केवट नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख १ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend