Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चिराइताले भाउ पायो

हाम्रो कोशी आवाज
बैशाख १ २०७८, बुधबार
चिराइताले भाउ पायो

ताप्लेजुङ: विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन्। गएको वर्षमा चिराइतोको मूल्य कम हुँदा मारमा पर्दै आएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन्।
अहिले ताप्लेजुङमा प्रतिमन (४० किलो) १५ हजार रुपैयाँका दरले चिराइतोको कारोबार भइरहेको छ।
‘गत वर्ष ताप्लेजुङमा चिराइतोको अधिकतम मूल्य प्रतिमन १० हजार रुपैयाँ थियो,’ व्यवसायी रुद्र अधिकारीले भने, ‘‘अहिले रु १५ हजारले कारोबार गरिरहेका छौँ।’
हिमाली तथा पहाडी जिल्लामा चिराइतोलगायतका जडीबुटीलाई समेत प्रमुख आमदानीको स्रोतका रूपमा लिने गरिएको छ। अलैँची खेतीमा संलग्न नभएका किसानले चिराईतो खेती गर्दै आएका छन्। तर, यस अघिका वर्षमा राम्रो मूल्य नहुँदा चिराइतो खेती गर्दै आएका र जंगलमा सङ्कलन गरेका किसान निरास थिए। कम बजार मूल्यका कारण लागत मूल्य नै नउठ्ने भए पछि कतिपयले त्यतिकै थन्क्याएर राखेका थिए।
‘अघिल्ला वर्षहरुमा लागत नै नउठ्ने मूल्य थियो, जंगल फाँडेर लगाएको चिराइतो खेती प्रति उत्साह थिएन तर यो वर्ष केही सुधार हुनाले सबैलाई सामान्यरूपमा फाइदा पुगेको छ,’ चिराइतो खेती गर्दै आएका सिरिजंघा गाउँपालिकाका किसान खड्क गुरुङले भने।
ताप्लेजुङको सिरिजंघा, सिदिङ्वा, फक्ताङलुङलगायतका गाउँपालिकाका किसानले चिराइतो खेती गर्दै आएका छन्। कतिपयले जंगलमा गएर संकलन गरी बिक्री वितरण गर्दै आएका छन्।
ओलाङ्चुङगोला हुँदै चीनको तिब्बत र भारतीय बजारमा चिराइतो निकासी हुने गरेको छ। तर, यो वर्ष कोभिड–१९ अर्थात् कोरोना संक्रमणका कारण चीनतर्फका नाका बन्द भएकाले त्यसतर्फ भने निकासी हुन नसकेको व्यवसायीले बताएका छन्। भारतीय बजारमा भने झापाको बिर्तामोड हुँदै निकासी भइरहेको व्यवसायीको भनाइ छ।

प्रकाशित मिति: बैशाख १ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend