Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नुनसरीमा ‘टिकटक रोड’ सञ्चालनमा आयो, फ्रि वाइफाइ

हाम्रो कोशी आवाज
बैशाख १ २०७८, बुधबार
नुनसरीमा ‘टिकटक रोड’ सञ्चालनमा आयो, फ्रि वाइफाइ

विराटनगरः नयाँ वर्षको अवसर पारेर मोरङको मिक्लाजुङ गाउँपालिका–७ र ८ मा पर्ने मावा नुनसरी सामुदायिक वन क्षेत्रभित्र ‘टिकटक रोड’ सञ्चालनमा आएको छ ।
गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार नयाँ वर्षको अवसरमा सो रोडको उद्घाटन भएको हो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मधुमल्ला बजारको उत्तरतर्फ मधुमल्ला–मावा तोरीबारी सडक खण्डको करिब २ किलोमिटर जंगल क्षेत्रमा टिकटक रोड निर्माण गरिएको हो ।
टिकटक रोड निर्माण व्यवस्थापन समितिका सचिव रुद्र भण्डारीले पहिलो चरणमा मावा नुनुरी सामुदायिक वन उत्तर करिब १ किमि क्षेत्रमा स्थानीय तथा बाह्य पर्यटकहरुलाई मन लोभ्याउन विभिन्न प्रकारकार तुल व्यानरहरु टाँगिएको छ । ढुंगाहरुमा कलात्मक रुपमा रंगरोगन गरिएको छ ।
त्यहाँ ठूला ढुंगाहरुमा केही कलात्मक चित्र र स्ट्याचु निर्माण गरिएका छन् । जसले पर्यटकहरुलाई फोटो खिच्न व्यस्त बनाएको थियो । रुखको छहारीसँगै बस्न फलैंचाको व्यवस्था गरिएको छ । पर्यटकरुलाई रातको समयमा सहजताका लागि सडक बत्ती राखिएको छ । साथै घुम्न आउने र टिकटक बनाउनेहरुका लागी फ्रि वाइफाईको समेत व्यवस्था गरिएको छ । फ्रि वाइफाइले युवापुस्ता तान्न थालेको स्थानीयबासीले बताएका छन् ।
बजारबाट नजिकै र सुनसान मनामोहक ठाउँ भएकाले आन्तरिक र बाह्य पर्यटकहरुका लागि समेत मधुमल्ला टिकटक रोड दुःख र तनाव हटाउँदै स्वच्छ शान्त वातावरणको मनोरञ्जन लिन पाउने स्थानको रुपमा टिकटक रोड उपयोगी हुने मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष सुशिलराज चौहानले बताए ।

प्रकाशित मिति: बैशाख १ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend