सुनसरीः सुनसरीको गढी गाउँपालिका–२ औराबनीस्थित इनरुवा–दुहबी सडक खण्डमा दुर्घटनामा एकजनाको ज्यान गएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को६प ८३६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको जमेको पानीको खाल्डोमा दुर्घटना हुँदा राजकुमार मेहताको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । छिटाहा बस्ने वर्ष ३५ को मेहताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार अर्का वर्ष ३३ को कृष्ण साह इलाका प्रहरी कार्यालय दुहवीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। तीब्र गतिमा मोटरसाइकल चलाका कारण मेहताको ज्यान गएको प्रहरीले जनाएको छ ।