बिर्तामोडः झापाको शिवसताषी-१ दूधेस्थित पूर्व-पश्चिम लोकमार्गमा एम्बुलेन्स दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना२१च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ललितपुर-७ बस्ने वर्ष ३० को उत्सव घिमिरे गम्भीर घाइते बनेका थिए ।
गम्भीर घाइते उनको उपचारको लागि बिएण्डसी अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
एम्बुलेन्समा सवार सहचालक सोही ठाउँ बस्ने वर्ष ३० को सन्तोष तामाङ गम्भीर घाइते भएकोले सोही अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी पोष्ट झिलझिलेबाट १ किमि पूर्वमा पर्ने स्थानमा सो दुर्घटना भएको हो । एम्बुलेन्स तीब्र गतिमा कुदाउँदा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।