भद्रपुर: भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि नेपालको पूर्वी नाका बन्द गरिएको छ ।
भारत आवतजावत गर्न सकिने नेपालका पूर्वी नाका आज बिहान ६ बजेदेखि ७२ घण्टाका लागि सिल गरिएको हो ।
पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।
बिहीबार बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । ४ गतेसम्मका लागि यातायात तथा मानिस आवतजावतमा पूर्ण रोक लगाइएको उनको भनाइ छ ।