Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टयाक्टरबाट लड्दा चेम्जोङको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख २ २०७८, बिहिबार
टयाक्टरबाट लड्दा चेम्जोङको मृत्यु

पाँचथरः फाल्गुनन्द गाउँपालिका ४ का २८ वर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।
सुकेधामबाट च्याङथापुतर्फ जाँदै गरेको प्रदेश १–०१–००१त८९६७ नम्बरको ट्याक्टरबाट लडेर घाइते भएका सहचालक चेम्जोडको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा बुधबार राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ट्याक्टर र चालक पाँचथर कुम्मायक ३, रानीगाँउ का २३ वर्षीय कालीबहादुर तामाङ नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend