विराटनगरः विराटनगर–१६ हुलास चौकबाट एकजनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा सुनसरी खनार–१० का १९ वर्षीय अर्जुन चौधरीलाई लागूऔषध नाइट्राभेट २२ चक्कीसहित पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।