Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका स्कुलमा ‘राष्ट्रपतिको कार्यक्रम’

हाम्रो कोशी आवाज
बैशाख २ २०७८, बिहिबार
धरानका स्कुलमा ‘राष्ट्रपतिको कार्यक्रम’

धरानः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि धरानबाट १ २ वटा सरकारी विद्यालय छनौटमा परेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम २०७७-७८ का लागि धरानबाट यतिका संख्यामा विद्यालय छनौटमा परेका हुन् ।
छनौटमा पर्ने विद्यालयहरुमा पब्लिक हाइस्कुल धरान-१२, ल्याबोरेटरी मावि धरान-८, शिक्षा निकेतन मावि धरान-२, सहिद स्मृति मावि धरान-८, किरातेश्वर मावि धरान-१९, ज्वालामुखी मावि धरान-१७, चन्द्र संस्कृत मावि धरान-१६, अमर आमावि धरान-१३, श्री मावि धरान-१७, पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरान-१५, पूर्वाञ्चल बहिरा विद्यालय धरान-१६, सुस्त मनस्थिति बाल कल्याण विद्यालय धरान-१६ रहेका छन् । यी विद्यालयलाई छनौट गरी रकम बाँडफाँड गरिएको छ ।
भवन निर्माण, बालविकास केन्द्र निर्माण, तला थप, ट्रस्ट बिल्डिङ, भवन रेट्रोफिटिङ, शौचालय निर्माण, छात्रा शौचालय निर्माण, खानेपानी तथा सरसफाइ सुविधा, सिकाइ सामाग्री, शैक्षिक सामाग्री, कम्प्युटर व्यवस्था, विज्ञान प्रयोगशाला, पुस्तकालय विकास लाई शैक्षिक सामाग्री अन्तरगतस सोलार प्यानल, इन्टरनेट व्यवस्था, अन्तरक्रियात्मक बोर्ड, स्मार्टबोर्ड, प्रोजेक्टर, अनलाइन अफलाइन सामाग्रीको विकास, गुणस्तरीय शिक्षाका लागि नविन प्रविधि लगायत प्राथमिकताको आधारमा बजेट विनियोजन गरिएको हो ।

देशभर सुधार कार्यक्रममा ४ हजार २५० विद्यालय छनौटमा परेका छन् । सरकारले ५ अर्ब ६ करोड रुपैयाँ विभिन्न कार्यक्रमका लागि बाडँफाडँ गरेको छ । छनोटमा परेका विद्यालयलाई १ करोडदेखि ६ लाख ५० हजार रुपैयाँसम्म उपलब्ध गराएको छ ।
विद्यालय भवन निर्माणको लागि न्युनतम दुई कोठा र अधिकतम ४ कोठासम्म प्रति दुई कोठाको लागि १८ लाखको अनुदान उपलव्ध गराएको छ । त्यसैगरी प्रारम्भिक बालविकास, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला, पुस्तकालयका लागि भवन निर्माणका गर्न एक ब्लक (दुई कोठा) बरावरको अनुदान १८ लाख अनुदान उपलव्ध गराएको छ । शौचालयको लागि प्रस्ताव पेश गर्ने विद्यालयहरुलाई प्रति विद्यालय ७ लाख अनुदान उपलव्ध गराइनेछ । त्यसै गरी खानेपानी माग गर्ने विद्यालयहरुको लागि पनि प्रति विद्यालय रु ७ लाख अनुदान उपलव्ध गराएको छ ।
शैक्षिक सामग्री व्यवस्थापन अन्तरगत शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगका कम्प्युटर खरिदका लागि प्रति कम्प्युटर ५० हजार १० वटा कम्प्युटरको लागि र ल्यावको फर्निसिङका लागि प्रति विद्यालय रु १ लाख ५० हजार गरी ६ लाख ५० हजार र गुणस्तरीय शिक्षाका लागि, शिक्षण सिकाइमा नविनतम प्रविधिको प्रयोग सम्बन्धी विषयमा प्रस्ताव पेश गर्ने विद्यालयहका लागि अधिकतम ६ लाख ५० हजार दरले सो भन्दा कम प्रस्ताव माग गर्ने विद्यालयलाई माग अनुसारको अनुदान उपलब्ध गराएको छ ।
विज्ञान प्रयोगशाला सामग्री र पुस्तकालय सामाग्रीको लागि आवेदन गरेका माध्यमिक विद्यालयहरूका लागि पनि प्रति विद्यालय ६ लाख ५० हजारका दरले अनुदान उपलव्ध गराएको शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख २ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend