Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चट्याङले दुईजनाको ज्यान गयो

हाम्रो कोशी आवाज
बैशाख ३ २०७८, शुक्रबार
चट्याङले दुईजनाको ज्यान गयो

धरानः चट्याङ लागेर प्रदेश १ मा दुईजनाको ज्यान गएको छ ।
बिहीबार साँझ हावाहुरीसहित चट्याङ पर्दा तेह्रथुम र भोजपुरमा दुईजनाको ज्यान गएको हो ।
भोजपुरको षडानन्द गाउँपालिका–८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्याङ लागेर ज्यान गएको छ । घरमै रहेको अवस्थामा उनीमाथि चट्याङ लागेको थियो ।
राईको बिहीबार बेलुका ६ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चटयाङ लागेर बेहोस भई लडेकी थिइन् । टाउकोमा चोट लागी घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मूलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
तेह्रथुममा पनि एक बालिकाको ज्यान गएको छ । छथर गाउँपालिका–६ असिने बस्ने ९ वर्षीया बालिका रोहिता मगरको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
घरमै बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा मगरको ज्यान गएको हो । उनको बायाँ साइडको टाउकोदेखि घाँटीसम्म जली अचेत अवस्थामा रहेकी उनको उपचारको लागि तयारी गर्दैगर्दा राति सवा ११ बजे घरैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, धनकुटामा बिहीबार परेको भारी असिना पानीले बालीनाली क्षति गरेको छ । सो क्षेत्रमा करिब अढाई फिटसम्म हिउँ जमेको धनकुटा सिधुवा कृषक रामेश्वर चम्लागाईंले जानकारी दिए । किसानले लगाएको फूलगोभी, रायोको साग, केराउलगायतका तरकारी बालीमा बढीजसो असिनाले क्षति पुरयाएको उजानकारी दिए । धनकुटामा मात्र करिब १३ करोड रुपैयाँ बराबरको तरकारीबाली नष्ट भएको स्थानीयबासीले बताएका छन् । असिनापानीले बिहानसम्म पनि धनकुटा-बसन्तपुर सडक खण्ड अवरुद्ध भएकाो थियो ।

प्रकाशित मिति: बैशाख ३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend