धरानः इटहरीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
बसको ठक्करले गम्भीर घाइते बनेका उनको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलचालक वीरेन्द्र चौधरी रहेका छन् ।
इटहरी–६ हिरा होटल मोडस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ११११ नं. को बसले विपरीत दिशामा जाँदै गरेको को३३प २५४० नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भई उपचारको लागि सामुदायिक अस्पताल इटहरीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । धरानमा उपचारको क्रममा उनको शनिबार राति ७ः५० बजे मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
दुवै सवारी साधन र बस चालक इटहरी–१२ बस्ने सन्तोष विक इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । बस चालकको लापरबाहीले सो घटना भएको प्रहरीले जनाएको छ ।