विराटनगरः सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मोरङ धनपालथान गाउँपालिका ४ स्थित भलुवाचौकमा पश्चिमतर्फ जाँदै गरेको को२७प ६४५९ को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक रंगेली नगरपालिका २ का २३ वर्षीय भोला शर्मा र पछाडि सवार सोही स्थान ३ का २२ वर्षीय कासमिक मुर्मु गम्भिर घाइते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा चालक शर्माको ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते मुर्मुको सोही अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।