विराटनगरः बुढीगंगा गाउँपालिका–४ नेमुवा चौकस्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आइतबार बिहान सवा १० बजे उत्तर जाँदै गरेको ना६ख ३०४० नम्बरको ट्रकले को९प २६८१ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर १४ जतुवाका ४५ वर्षीय अन्जनी सिंह गम्भीर घाइते भएका थिए । घाइते सिंहको विराट मेडिकल कलेज गंगाचौकमा उपचारको क्रममा बिहान पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
ट्रक र चालक बारा निजगड कोल्बी नगरपालिका–२ का ३२ वर्षीय भीमबहादुर विक प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।