Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ को हिउँदे अधिवेशनः आज मध्यरातबाट अन्त्य

हाम्रो कोशी आवाज
बैशाख ५ २०७८, आइतबार
प्रदेश १ को हिउँदे अधिवेशनः आज मध्यरातबाट अन्त्य

धरानः प्रदेश १ को सातौं हिँउदे अधिवेशन आइतबार मध्यरातबाट अन्त्य हुने भएको छ । प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै आइतबार रातको १२ बजेबाट सातौँ हिँउदे अधिवेदशन अन्त्य हुने जनाएको हो ।
‘प्रदेश १ मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार १२ बजेदेखि प्रदेश सभाको सातौँ तथा चालू हिँउदे अधिवेशन अन्त्य हुनेछ ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।
जारी अधिवेशनको बैठकमा पहिलो पटक सहभागी हुन पुगेका मुख्यमन्त्रीले विशेष समय लिएर सम्बोधन गर्ने तयारी थियो । तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टीले संसद् अवरुद्ध गरे ।
चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारु गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, निर्वाचन क्षेत्र पूर्वाधार कार्याक्रमको बजेट कार्यान्वयन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएका थिए ।
प्रतिपक्षीको माग सम्बोधन गर्न चासो नदिएको सरकारले आइतबारबाटै सातौं अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । आइतबार पनि अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै अधिवेशन अन्त्यको घोषणा गरेका थिए ।

प्रकाशित मिति: बैशाख ५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend