Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा लुटपाटमा संलग्न मिस फायर भएको गोलीसहित समातिए

हाम्रो कोशी आवाज
बैशाख ५ २०७८, आइतबार
सुनसरीमा लुटपाटमा संलग्न मिस फायर भएको गोलीसहित समातिए

कुटपिट गरी घरमा रहेको नगद ५४ हजार समेत लुटपाट गरी लगेको खुल्न आएको छ ।
सुनसरीः सुनसरीमा डाका मुद्दा (लुटपाटमा संलग्न) का ५ फरार प्रतिवादीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी बर्जु–१ की ३६ वर्षीया सृजना चौधरी, इटहरी–१३ का ३२ वर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ वर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० वर्षीय अजिम मियाँ र सुनसरी दुहबी–११ का ३० वर्षीय सर्वन उराव रहेका छन् ।
यो समूहले गत फागुन (२०७७ साल फागुन ६ गते) सुनसरी बर्जु–१ का शुभाष चौधरीको घरमा मध्यरातमा प्रवेश गरी शुभाषलगायतको उनको परिवारलाई कुटपिट गरी घरमा रहेको नगद ५४ हजार समेत लुटपाट गरी लगेको खुल्न आएको छ ।
पक्राउ परेकीमध्ये सिर्जना चौधरी मुख्य योजनाकार रहेको साथै उनले रिसिवी साँध्ने सोच बनाई यो समूहलाई शुभाष चौधरीको घरमा आर्थिक प्रलोभन देखाई लुटपाट गर्न लगाएको समेत खुल्न आएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको ७.६५ केएफ लेखिएको १ राउण्ड गोली लगायतका सामानहरु बरामद गरिएको तथा उनीहरु उपर थप अनुसन्धान समेत भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend