Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तेह्रथुममा भीरबाट जीप खस्दा चालकको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख ६ २०७८, सोमबार
तेह्रथुममा भीरबाट जीप खस्दा चालकको मृत्यु

तेह्रथुमः तेह्रथुम–७ लाप्छायाङ टोलस्थितमा जीप अनियन्त्रित भई भीरबाट खस्दा चालकको मृत्यु भएको छ ।
गत राति साढे ९ बजे म्याङलुङदेखि मोराहाङतर्फ जाँदै गरेको को१ज ३४०९ को जीप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।
सो दुर्घटनामा परी जीप चालक तेह्रथुम मेन्छयायेम गाउँपालिकाका ५ का ४६ वर्षीय कृष्ण खापुङ गम्भीर घाइते भएका थिए । घाइते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । जीपमा अन्य सवार कोही नभएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख ६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend