बिर्तामोडः दमक नगरपालिका ६ नमूना मार्गस्थितबाट प्रहरीले ब्राउन सुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पञ्चायत का २६ वर्षीय सिद्धिक आलम रहेका छन् । आइतबार दिउँसो साढे १ बजे प्रहरीले चेकजाचको गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर २९ ग्राम १६० मिलिग्राम फेला पारी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।