Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा फलामले किचेर मजदुरको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख ६ २०७८, सोमबार
सुनसरीमा फलामले किचेर मजदुरको मृत्यु

सुनसरीः सुनसरीको दुहबी नगरपालिका–२ स्थित रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फरामले किचेर मृत्यु भएको छ ।
बिहान ६ बजे सोही फ्याक्ट्रीका कामदार सप्तरी छिन्नमस्ता–२ का ४० वर्षीय दीपेन्द्र यादवले फलाम पल्टाउँदा सोही फलामले किचेर घाइते भएका थिए । उनलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगरमा पुरयाइ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
उता झापाको मेचीनगर नगरपालिका ७ स्थित पूर्व पश्चिम राजमार्ग ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
सोमबार बिहान साढे ९ बजे पूर्व जाँदै गरेको डब्लुबि७३बि३३२४ नम्बरको इन्डियन ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री मेचीनगर नगरपालिका–८ जोर सिमल का ३० वर्षीय मनोज मेचे गम्भिर घाइते भएका थिए । उनको बिएण्डसी अस्पतालमा उपचारको क्रममा बिहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रक नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतलास भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ जानकारी दिए ।

प्रकाशित मिति: बैशाख ६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend