Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एम्बुलेन्समा भेटियो गाँजा, दुर्घटनामा परेपछि रहस्य खुल्यो

हाम्रो कोशी आवाज
बैशाख ६ २०७८, सोमबार
एम्बुलेन्समा भेटियो गाँजा, दुर्घटनामा परेपछि रहस्य खुल्यो

धनकुटाः धनकुटामा एम्बुलेन्समा गाँजा भेटिएको छ ।
हिलेबाट विराटनगर फर्किदै गरेको एम्बुलेन्समा गाँजा भेटिएपछि प्रहरी नै चकित बनेको छ ।
को१च ४६१५ नम्बरको एम्बुलेन्स धनकुटा नगरपालिका ४ देव्रेबासमा दुर्घटना भएको थियो । दुर्घटना भएपछि चेकजाँचका क्रममा चालकको सिटमुनि करिब ३ सय ग्राम अवैध गाँजा र डेढ लिटर लोकल रक्सी भेटिएको र बरामद गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए ।
विराटनगरबाट हिलेमा सुत्केरी महिला पुरयाएर फर्कंदै गरको विराटनगर सिटी प्रालि अस्पतालको सो एम्बुलेन्स सडकको नाली भत्काइ देब्रेबास बस्ने कुलबहादुर ब्लोन तामाङको आँगनमा पुगेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स चालक विराटनगर महानगरपालिका वडा नं. १४ बस्ने ३० वर्षीया नरेश शाहले मादकपदार्थ सेवन गरेको कारणले एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले चालक शाह र सहचालक श्रवण मण्डल नियन्त्रणमा लिएको छ । मेडिकल टेष्ट गर्दा चालक शाहले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा एम्बुलेन्समा सामान्य क्षति पुगेकाके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend