सुनसरीः इटहरी-१२ खनार चोकस्थितमा सञ्चालनमा रहेको रिलाइन्स स्पेलिङ मिल्स प्रालिमा आगोलागी हुँदा करोडौको क्षति भएको छ ।
मंगलबार दिउँसो साँढे १ बजे सो फ्याक्ट्रीमा रहेको कम्पेसर मेशिन अचानक पड्किएर आगोलागी भएको सो आगो ४ वटा दमकल, प्रहरी, कामदारको सहयोगमा बेलुका ३ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
आगोलागीबाट अन्दाजी १० करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । सो आगोलागीबाट मानवीय क्षती नभएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।