Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हङकङमा ३३ पटक छुरा हानेर प्रेमिकाको हत्या गर्नेलाई जिन्दगीभर जेल

हाम्रो कोशी आवाज
बैशाख १८ २०७८, शनिबार
हङकङमा ३३ पटक छुरा हानेर प्रेमिकाको हत्या गर्नेलाई जिन्दगीभर जेल

धरानः हङकङमा चार वर्ष अगाडि आफ्नी प्रेमिकालाई छुरा प्रहार गरी हत्या गर्ने एक इन्जिनियरलाई आजीवन जेल सजाय सुनाइएको छ।
सन् २०१७ मा २६ वर्षका केनी एनजी यान–किनले प्रेमिका २० वर्षकी एनी लि सिन–हेङलाई ३३ पटक छुरा प्रहार गरेको हङकङको उच्च अदालतले बिहीबार बताएको छ।
२० सेन्टिमिटर लामो छुराले ३३ पटक आक्रमण हुँदा एनी लिको मृत्यु भएको थियो। बसभित्र प्रेमिकामाथि सेप्टेम्बर १६, २०१७ मा आक्रमण गरेपछि उनी फरार भएका थिए।
अधिकारीहरुका अनुसार एनी लिको शरीरमा ३३ वटा चोट देखिएको थियो। घाँटी, छाती, ढाँड लगायतका शरीरका अंगमा चोट लागेको थियो। एक ठाउँ त युवतीको शरीरमा १४ सेन्टिमिटर गहिरो चोट देखिएको थियो। आक्रमण भएकै दिन उनको मृत्यु भएको थियो।
सुरुवातमा केनी एनजीले आफूलाई मानसिक समस्या भएको बताएका थिए। तर चिकित्सकहरुले जाँचपछि उनी सामान्य व्यक्ति भएको बताए।
अहिले उनलाई आजीवन जेल सजाय सुनाइएको छ। उच्च अदालतका न्यायाधीष अउड्री क्याम्पबेल–मोफाटका अनुसार केनी एनजीको कार्य हङकङका समुदायको लागि हानिकारक छ। -एससीएमपी

प्रकाशित मिति: बैशाख १८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend