धरानः अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका छन् ।
प्रेमिल शैलीको यस गीतमा गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायन सुन्न सकिन्छ । फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा सौरब तामाङ र उर्मिला योञ्जन तामाङ बीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ ।
पूर्व इलामस्थित सुन्दर चिया बगान वरपर छायांकन गरिएको यस भिडियोलाई तिलक रिजालको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो ।
एसटिएम मुभीमा पोस्ट प्रडक्शन गरिएको यस भिडियोलाई ‘गोलो प्रोडक्शन’ को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।