धरानः गायिका दीपा लामाको स्वरमा ‘मायालाई शब्दबाट’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ ।
स्टुडियो नेपालको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको गीतका शब्द रचनाकार विपिन मार्मा हुन् । फनिन्द्र राइले एरेन्ज गरेका गीतलाई प्रकाश लामाले कम्पोज गरेका हुन् भने साजन शाहले मिक्सिङ गरेका छन् ।
देवजंग थापाको निर्देशनमा निर्माण भएको भिडियोलाई नरेन मोक्तानले छायांकन गरेका हुन् भने डिनसन शाहले सम्पादन गरेका छन् । भिडियोमा चर्चित नायक पल शाह र मोडल मेरु राईको अभिनय रहेको छ ।