Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यसकारण पनि खाइरहनुहोस् काँक्रो

हाम्रो कोशी आवाज
बैशाख २८ २०७८, मंगलबार
यसकारण पनि खाइरहनुहोस् काँक्रो

गर्मी मौसममा काँक्रो सबैको घरघरमा पुगेकै हुन्छ । काँक्रोको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । यसमा भिटामिन ए, बी वान, बी सिक्स, सी, डी, पोटासियम, फस्फोरस , आइरन आदि प्रशस्त मात्रामा पाइन्छ ।
यसले शरिरमा पानीको मात्रा कम हुने समस्याबाट टाढा राख्छ । किनकी यसमा ९६ प्रतिशत त पानी मात्र हुन्छ । यसमा ‘इरेप्सिन’ नामक एम्जाइम हुन्छ जुन प्रोटिनले पचाउन सहयोग गर्छ ।
काँक्रोको नियमित सेवन गरिरहेमा महिलामा महिनावारी हुँदा देखिने बिभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । यसको सेवन मधुमेह र उच्चरक्तचाप भएका ब्यक्तिहरुलाई निकै फाएदा गर्छ । यसले उच्चरक्तचाप नियन्त्रण गर्न सहयोग पुर्याउछ ।
काँक्रोको सेवनले शितलता प्रदान पनि गर्छ । त्यस्तै यसको सेवनले क्यान्सरको खतरा हुनबाट जोगाउछ । यसको सेवनले तौल पनि घट्छ । काँक्रोको नियमित सेवनले कपाल र त्वजालाई सुन्दर बनाउनुको साथै स्वस्थ पनि बनाउछ ।
यसमा हुने फाइबरले खाना पचाउन सहयोग गर्छ । आँखा पोल्ने समस्या छ भने पनि काँक्रोलाई पिसपिस गरेर काटेर आँखाको ढकनीलाई छोपेर राख्यो भने ठिक हुन्छ ।

शक्ति दिन्छ
काँक्रो खाँदा शरीरमा शक्ति प्राप्त हुन्छ । काँक्रोले कोलेस्ट्रेलको स्तरलाई कम गर्छ । यसले गर्दा हृदय सम्बन्धी रोगबाट पनि बच्न सकिन्छ ।
तौल घटाउँछ
तौल घटाउनको लागि सबैभन्दा जरुरी हुन्छ क्यालोरीलाई घटाउन, जसको लागि काँक्रो उपयुक्त हुन्छ । काँक्रोमा क्यालोरीको मात्रा शुन्य हुन्छ । काँक्रालाई हामीले सिधै काटेर वा सलादको रुपमा दैनिक खान सक्छौं ।
कोलेस्ट्रोललाई नियन्त्रण गर्छ
काँक्रामा कोलेस्ट्रोलको मात्रा हुँदैन । यसमा भएको स्ट्रेरोल तत्वले कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छ । मुटुका बिरामीले दैनिक रुपमा काँक्रा खानु फाइदा हुन्छ ।
पाचन शक्ति बलियो बनाउँछ
काँक्रोमा फाइबर अत्यधिक पाइन्छ । यसले कब्जियतबाट मुक्ति दिन्छ । यसका साथै पेटसँग सम्बन्धीत अन्य रोगलाई पनि न्युनिकरण गर्छ ।
पथ्थरी हुनबाट बचाउँछ
दैनिक खानासँगै काँक्रो खानाले पथ्थरी हुनबाट बचिन्छ । यसले पित्तथैली र मिर्गौलामा हुने पथ्थरीबाट बचाउँछ । काँक्रोको रसलाई दैनिक २/३ पटक पिउनु राम्रो मानिन्छ ।
क्यान्सरबाट जोगाउँछ
दैनिक काँक्रो खानाले क्यान्सर हुने जोखिम कम हुन्छ । काँक्रोमा भएको तत्वहरुले सबै प्रकारका क्यान्सरको जोखिमलाई रोकथाम गर्छ ।
उच्च रक्तचापलाई नियन्त्रण गर्छ
उच्चरक्तचापबाट बच्नको लागि काँक्रा खानु राम्रो हो । यसमा भएका पानीको मात्राले शरीरलाई चिसो बनाइ राख्छ ।
महिनावारीकाे पीडा कम गर्छ
महिनावारीको समयमा अत्यधिक पीडा हुनेले दहीमा काँक्रालाई मिसाई त्यसमा पुदिना, नुन, कालो मरिच, जिरा र हिङ हालेर खाँदा पीडाबाट मुक्ति मिल्छ ।
छालालाई चम्किलो बनाइ राख्छ
काँक्रालाई खानुका साथै यसको रसलाई अनुहारमा लगाउँदा स्किन समस्याबाट बचाइराख्छ । छालालाई ताजा र चम्किलो बनाइराख्छ । -एजेन्सी

प्रकाशित मिति: बैशाख २८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend