Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना संक्रमणले रोकिएको ‘द भ्वाइस अफ नेपाल’ आजदेखि प्रशारण हुने

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७८, शुक्रबार
कोरोना संक्रमणले रोकिएको ‘द भ्वाइस अफ नेपाल’ आजदेखि प्रशारण हुने

धरानः गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ को प्रशारण आजबाट सुरु हुने भएको छ । यो शोको प्रशारण २ साताअघि रोकिएको थियो ।
शोमा सहभागी केही प्रतिस्पर्धी र ३ जना कोचलाई कोरोना संक्रमण भएपछि यो शोको प्रशारण रोकिएको हो । २ साता अगाडि आयोजकले सामाजिक संजालमार्फत कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण रोकिएको जानकारी गराएको थियो ।
तर, कोरोना संक्रमित कोच र प्रतिस्पर्धीहरु कोरोना संक्रमणमुक्त भएकाले शोको प्रशारण सुरु गर्न लागिएको वुझिएको छ । यो शोका निर्देशक लक्ष्मण पौडेलले आज बाट शोको प्रशारण आरम्भ हुने जानकारी दिएका छन् ।
कोचत्रय प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भइसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भइरहेको छ ।
यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ । आज बेलुकी प्रशारण हुने भागमा नकआउट चरण अन्र्तगत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: जेष्ठ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend