धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीमा यस वर्षदेखि नै कक्षा-११ सञ्चालनमा आउने भएको छ ।
प्रिन्सिपल मिलनकुमार राईका अनुसार यस वर्षदेखि कक्षा-११ मा म्यानेजमेण्ट सङ्कायमा अध्ययन अध्यापन हुने जानकारी दिए । ‘अघिल्लो वर्ष नै सञ्चालनमा ल्याउने भनेर तयारी गरेका थियौं तर सकेनौं’, उनले भने, ‘यस वर्षदेखि सञ्चालनको तयारीका लागि पोशाक छनौटलगायतको काम भइसकेको छ ।’
उनले उनले आफूहरु स्वस्थ प्रतिस्पर्धामा जाने बताउँदै विद्यार्र्थीको धेरै ‘मास’ बटुल्ने हिसाबले नलाग्ने बताए । ‘अहिले ‘कलेज लेवल’ मा अस्वस्थ प्रतिस्पर्धा छ, त्यसले खासै राम्रो गर्दैन’, उनले भने, ‘हामी अभिभावक, विद्यार्थीलाई फोन गरेर ‘टर्चर’ दिनेलगायतको कार्य गर्दैनौं, बरु गुणस्तरीय शिक्षा दिएर अभिभावक र विद्यार्थीको मन जित्छौं ।’
उनले स्कुलले जस्तै पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिँदै अघि बढ्ने बताए । उनले आधुनिक टेक्नोलोजीको प्रयोग गर्दै विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिने बताए । ‘हाम्रा विद्यालय तहका विद्यार्थी स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा (कराँते, ब्याडमिन्टन, टेबलटेनिस, नृत्यलगायत अतिरिक्त क्रियाकलाप) मा हारेका छैनन्, त्यस्तै, कलेज लेवलमा पनि नहार्ने बनाउनका लागि पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि फोकस दिँदै अघि बढ्छौं ।





