Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज युरोकपमा तीन ठूला टिमबीच भिडन्त

हाम्रो कोशी आवाज
असार ५ २०७८, शनिबार
आज युरोकपमा तीन ठूला टिमबीच भिडन्त

धरानः युरोपको विभिन्न ११ शहरमा हाल भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (शनिबार) ठुला तीन खेलहरु हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेका फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

आज फ्रान्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो । फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

घरेलु टिम हंगेरीका लागि आजको खेल महत्वपूर्ण छ। किनभने पहिलो खेलमा पोर्चुगलसँग ३-० ले पराजित भएकोले हंगेरीका लागि अन्तिम १६ मा पुग्न आजको खेलमा अंक जोड्नु पर्ने दबाब छ।

दुई टिमबीच बुडापेस्टमा ८ खेल भएको छ। पछिल्लो पटक १९९० मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले ३-१ ले जित हात पारेको छ। बाँकी ६ खेलमा हंगेरीले आफ्नो राजधानीमा जित हात पारेको छ। एक खेल भने बराबरीमा सकिएको छ। हंगेरीले सन् १९२७ मा बुडापेस्टमा भएको खेलमा फ्रान्सलाई १३-१ ले पराजित गरेको थियो।

दोस्रो खेलमा डिफेन्डडिङ्ग च्याम्पियन पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

समूह ‘एफ’ मा रहेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले हराएको थियो । पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित जर्मनीका लागि यस खेल महत्वपूर्ण रहेको छ । नकआउट चरणको सम्भावना कायम राख्न जर्मनीलाई जित बाहेक अन्य विकल्प छैन । जर्मनी समूहको तेस्रो स्थानमा रहेको छ ।

जर्मनीले पोर्चुगलसँग खेलेका पछिल्ला चारै खेलमा जित हात परेको छ। दुई टिमबीच समग्रमा भएका १८ प्रतिस्पर्धमा जर्मनीले १० जित हात पारेको छ भने पाँच खेल बराबरीमा सकिएका छन्। ३ खेलमा मात्र पोर्चुगलले जित हात पारेको छ।

त्यस्तै, आज हुने तेस्रो तथा अन्तिम खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति १२:४५ बजे सुरु हुनेछ ।

समूह ‘ई’ को स्पेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो ।

पोल्याण्ड भने पहिलो जितसहित मैदान उत्रने छ । अंक विहीन पोल्याण्ड पुछारमा रहेको छ । पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २-१ ले पराजित भएको थियो।

सेभियामा हुने खेल दुवै टिमका लागि महत्वपूर्ण छ। किनभने पहिलो खेलमा स्पेनलाई स्विडेनले बराबरीमा रोकेको थियो। यस्तै पोल्यान्डले स्लोभाकियालाई नतिजा सुम्पिएको थियो। यसअघि समूहको खेलमा स्विडेनले स्लोभाकियालाई हराउँदै ४ अंक जोडेको थियो।

दुई देशबीच भएको १० खेल मध्ये स्पेनले ८ खेलमा जित हात पारेको छ।

प्रकाशित मिति: असार ५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend