धरानः गायक डिल्ली फोम्बोले लिम्बूभाषाको ‘फुङ्वासाम्लो’ बोलको गीत सार्वजनिक गरेका छन् ।
दिलसिंह मेन्याङ्बोको रचनामा गायक फोम्बोकै संगीतमा तयारभएको गीतमा लिम्बू समुदायको मुन्धुममा वर्णन गरिएअनुरुप विभिन्न फूलहरुलाई मानव जीवनका विभिन्न पक्षहरुसँग प्रतिकको रुपमा वर्णन गरिएको छ ।
मुन्धुममा वर्णन गरिएअनुसार सिल्लरी (धनियाँ) फूलमा नवचोलाको प्रतीकात्मक फूल हो भने बाबरी फूललाई अनिष्ठ प्रेतात्माको फूलको रुपमा लिइन्छ ।
त्यसैगरी पट्पटे फूललाई तन्नेरीहरुको प्रतिक फूलकोरुपमा लिइन्छ । मुन्धुममा यस्तै अन्य अनेकौं फूलहरुलाई बेग्लाबेग्लै प्रतीकको रुपमा वर्णन गरिएको हुन्छ । तर सबैलाई छोटो गीतमा समेट्न असम्भव भएका कारण केही मुख्य फूलहरुको मात्र यो गीतमा वर्णन गरिएको गायक फोम्बो बताउँछन् ।
अपार रेकर्ड्समा रेकर्ड गरिएको गीतमा समीरको संगीत संयोजनमा तयार भएको हो भने एडम लिम्बूले भिडियो सम्पादन गरेका छन् ।
भविष्यमा पनि आफ्नो भाषा संस्कृतिको गीतहरु निकाल्दै जाने गायक गायक डिल्ली फोम्बो बताउँछन् ।