Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

द भ्वाइस अफ नेपालको नयाँ कोचमा राजेशपायल राई

हाम्रो कोशी आवाज
असार १२ २०७८, शनिबार
द भ्वाइस अफ नेपालको नयाँ कोचमा राजेशपायल राई

धरानः टेलिभिजन रियालिटी सो द भ्वाइस अफ नेपालको कोचमा नयाँ कोच चुनिएका छन् ।
भ्वाइस अफ नेपालमा गायक राजेशपायल राईले कार्यभार सम्हालेका छन् । सोही शो का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि राई एपिसोड २२ बाट राईले कार्यभार सम्हालेका हुन् ।
कोरोनाभाइरस संक्रमण भए घरमा नै स्वास्थ्य लाभ गरिररहेका गायक दीपले केही समय आराम गर्नुपर्ने भएपछि राईलाई कोचका रुपमा लिइएको भ्वाइस अफ नेपालले जनाएको छ ।
नयाँ कोचको लागि शुभकामना दिँदै भिडियो सन्देश जारी गर्दै गायक श्रेष्ठले पनि आफ्ना प्रिय भाई राजेशपायल राईलाई कार्यभार सुम्पन पाउँदा खुशी लागेको बताएका छन् । कोच सम्हालेका राईले पनि श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

प्रकाशित मिति: असार १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend