Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सप्तरीमा एउटा ट्याङ्करले दुई किमी दुरीमा दुईवटा मोटरसाइकलाई ठक्कर दियो

हाम्रो कोशी आवाज
असार १२ २०७८, शनिबार
सप्तरीमा एउटा ट्याङ्करले दुई किमी दुरीमा दुईवटा मोटरसाइकलाई ठक्कर दियो

सप्तरीः पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ मा एउटै ट्याङ्करले दुई किलोमिटरको दुरीमा दुईवटा मोटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट दुवै मोटरसाइकलमा पछाडि सवार एक–एक जना बालिकाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
शनिबार दिउँसो पूर्वबाट पश्चिमतर्फ गइरहेको ना७ख ५४९५ नम्बरको ट्याङ्करले स११प २५८५ र स२प ५२४५ नम्बरको मोटरसाइकललाई सितापुरमा ठक्कर दिएको हो । त्यस दुर्घटनामा मोटरसाइकलमा सवार रुपनी गाउँपालिका–३ कटैयाका विष्णुदेव प्रमाणीकी ८ वर्षीया छोरी यसोधाकुमारी प्रमाणीको ज्यान गएको छ । त्यही मोटरसाइकलमा सवार यसोधाकीरु आमा ३२ वर्षीया सुमनदेवी प्रमाणी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् ।
यसैगरी सितापुरभन्दा करिब २ किलोमिटरको दुरीमा रहेको चाँदनी चौकमा पनि त्यही ट्याङ्करले ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ । मोटरसाइकलमा पछाडि बसेका कञ्चनरुप नगरपालिका–६ घोघनपुरका मोरु.अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रविणको ज्यान गएको छ । यसैगरी त्यही मोटरसाइकलमा सवार नविया प्रविण घाइते भएका छन् ।
घाइतेहरुको उपचारको लागि ठेलियामा रहेको एक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले बताए । यसैबीच दुर्घटना लगत्तै स्थानीयबासीले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् । मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मनोमानी ढंगले ट्याङ्कर चलाउने चालकलाई कारबाही हुनुपर्ने माग गर्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन् ।

प्रकाशित मिति: असार १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend