धरानः धरानमा ‘भात खानु मिठो’ बोलको गीतको लिरिकल भिडियोको सार्वजनिक गरिएको छ । यो पूर्वेली मारुनी गीत हो ।
धरानमा आयोजित एक कार्यक्रमका बीच सो भिडियो सार्वजनिक गरिएको हो । गायिका सुरक्षा सेन्चुरीको स्वर रहेको भिडियोको गीतकार धरानकै लिलिस पोमो लिम्बू हुन् । कार्यक्रममा गायक, संगीतकार आरसी फुलहाङ राई, धरानका युवा राजेश खिम्दुङ, व्यवसायी शान्ता खड्का, एरेन्जर मनोज सामसोन, तेञ्जिङ शेर्पा, गजेन्द्र सुनुवार, सीता राई, दासाङ शेर्पालगायतको उपस्थितिमा सो भिडियो सार्वजनिक गरिएको हो ।

