Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गर्मी अर्थात् वर्षायाममा यी खानेकुरा खानै हुन्नँ

हाम्रो कोशी आवाज
असार २० २०७८, आइतबार
गर्मी अर्थात् वर्षायाममा यी खानेकुरा खानै हुन्नँ

यो बेलामा अर्थात् वर्षाको सिजनमा खानपानमा सावधानी अपनाइएन भने पेटको समस्या झेल्नुपर्ने हुन्छ । कस्तो खानेकुरा गर्मीमा सही हुन्न ? वा कसरी पकाएको खानेकुराले स्वास्थ्य समस्या निम्त्याउँछ ?
जंग फुडः हाम्रो जिब्रोमा जंक फुडको स्वाद गढिएको छ । छिटो, छरितो र मीठो खान्कीको रुपमा जंक फुड खान्छौं, जो बजारमा सजिलै उपलब्ध पनि हुन्छ । यद्यपि यस किसिमको खानेकुराले जिब्रोलाई क्षणिक लोभ्याए पनि शरीरलाई हानी गर्छ । अझ गर्मीको समयमा त जंक फुड विष समान हुन्छ । यसको सेवनले फुड प्वाइजनिङ समेत हुनसक्छ ।
ननभेजः मासुजन्य खानेकुरा गर्मीका लागि उपयुक्त मानिँदैन । यसमा रहेको प्रोटिन चाँडै पच्दैन । यही कारण पाचन प्रक्रियामा असर पुरयाउँछ । त्यसैले गर्मीमा ननभेज खानेकुरामा जोड दिनु हुँदैन । बरु, हरियो सागपात एवं मौसमी तरकारी सेवन गर्नुपर्छ, जसले पाचन यन्त्रलाई चुस्त र तन्दुरुस्त राख्छ ।
स्पाइसी फुडः हामी अक्सर चिल्लो, चाप्लो, मसलेदार खानेकुरामा लोभिन्छौं । यस्तै खानेकुराको चक्करमा फसेर हामीले शरीरलाई रोगको कारखाना बनाइरहेका छौं । मसलेदार खानेकुराले जिब्रोलाई स्वाद दिए पनि त्यसले पाचन यन्त्रलाई सास्ती दिन्छ । त्यस्ता खानेकुरा पचाउन निकै गाह्रो हुन्छ । यसले शरीरको तापक्रम बढाइदिन्छ ।
ड्राइ फ्रुट्सः शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्न सन्तुलित भोजनको आवश्यकता हुन्छ । यसका नियमित खानामा ड्राई फ्रुट्स पनि सामेल गर्नुपर्छ । स्वास्थ्यका लागि यो फाइदाजनक छ । तर, गर्मी मौसममा भने होइन । किनभने यसले शरीरको तापक्रम वृद्धि गर्छ । यदि खाने नै हो भने, किसमिश जस्ता रसयुक्त ड्राइ फुड्स ठीक हुन्छ ।
स्पाइसी फुडः हामी अक्सर चिल्लो, चाप्लो, मसलेदार खानेकुरामा लोभिन्छौं । यस्तै खानेकुराको चक्करमा फसेर हामीले शरीरलाई रोगको कारखाना बनाइरहेका छौं । मसलेदार खानेकुराले जिब्रोलाई स्वाद दिए पनि त्यसले पाचन यन्त्रलाई सास्ती दिन्छ । त्यस्ता खानेकुरा पचाउन निकै गाह्रो हुन्छ ।
चिया-कफीः गर्मीमा पर्याप्त पेय पदार्थ पिउनुपर्छ । चाहे त्यो पानीको रुपमा होस् वा रसिलो फलफूलको रुपमा नै । झोलयुक्त खानेकुरा, फलफूल आदिको सेवनले शरीरमा पानीको मात्रा सन्तुलित बनाइराख्छ । तर, हाम्रो दैनिक पेय चिया र कफी भने गर्मीमा उपयुक्त हुन्न ।
कोल्ड ड्रिंकः चर्को गर्मीमा हामीलाई चिसो कोकाकोला, फ्यान्टा, पेप्सी घुट्क्याउन मन लाग्छ । यसले हाम्रो रहर पूरा भए पनि तिर्खा भने मेटिँदैन । यस्तो पेय गर्मीमा बढी खपत हुने भए पनि त्यसले शरीरलाई फाइदा गर्दैन । बरु कोल्ड ड्रिंकको बदलामा सर्वत पानी, कागती पानी, मोही सेवन गर्नु राम्रो हुन्छ ।
स्ट्रिट फुडः चर्को गर्मीमा कतै हिँडिरहेका बेला तपाईलाई चटपटे वा पानीपुरीले लोभ्याउन सक्छ । यस्ता खानेकुराले जिब्रोलाई क्षणिक स्वाद पनि दिन्छ । तर, पेटमा पुगेपछि भने गडबड हुन्छ । गर्मी याममा फूटपाथमा राखिएका चटपटे, पानीपुरी, आलुचप जस्ता कुनै पनि खानेकुरा ताजा र सफा हुँदैन, जसले पाचन यन्त्रलाई हानी गर्छ ।
तारेको खानेकुराः हामी तारेको, भुटेको खानेकुरा खोज्छौं । यस्तो खानेकुरा स्वादिलो त लाग्छ, तर स्वस्थ्यवर्द्धक हुँदैन । तारेको, भुटेको खानेकुरा पच्न गाह्रो हुन्छ । अझ घर बाहिर त तारेको, भुटेको खानेकुरा खानै हुन्न । -एजेन्सी

प्रकाशित मिति: असार २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend