धरानः पूर्वेली लोकभाका दोहोरी गीत ‘डाँडा बजार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नायिका तथा मोडल रेखा फागो लिम्बूको अभिनय रहेको सो भिडियोेमा रेखासँगै देवेन्द्र लिम्बू, युमन लिम्बू, सुनिता संयाक लिम्बू आधुनिक देवान (भूमिराज) र पदमा माया लिम्बू (सीता राई) को पनि अभिनय रहेको छ ।
चलचित्र ‘तारेभिर’ का निर्माता देउकृष्ण देवान लिङ्खा याख्खाको निर्देशनमा तयार भएको १६ मिनेट ३४ सेकेन्डको म्युजिक भिडियोमा लाहुरे परिवारको मायाप्रेम अनि कथालाई गज्जबले प्रस्तुत दिइएको छ ।
चित्र याख्खाको सङ्गीत तथा देवेन्द्र लिम्बू, डीवी लिम्बू, सुनिता संयाक लिम्बू र हिमानी फेवन लिम्बूको आवाज रहेको छ । सुमन तामाङको छायाङ्कन रहेको गीतको भिडियोमा धनकुटाको डाँडा बजार लाक्चीटार आसपास र तमोरनदी आसपासको मनोरम दृश्यलाई सुन्दर देखाइएकोछ । निर्देशक देवानले पछिल्लो समय थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरेका छन । रिलिज भएको गीतमा निर्देशक देवानकै कोरियोग्राफी रहेको छ ।