धरानः रक शैलीको ‘तिमी र म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
१५ वर्षीय गायक आयुष खतिवडाको यस गीतमा स्वर, संगीत र संगीत संयोजन रहेको छ । युवा प्रेम र आकर्षणको भावना व्यक्त गरिएको यस गीतलाई विकल खतिवडाले लेखेका हुन् ।
बहुप्रतिभाशाली गायक खतिवडा गायनसँगै वाद्यवादनमा निकै दख्खल राख्छन् । नेपालमा कम उमेरमा संगीतमा संगीत संयोजन गर्न सक्ने सायद उनी मात्रै एक युवा संगीतकर्मी हुन् ।
म्युजिक भिडियोमा स्वयंम गायक खतिवडा र ग्रेसी प्रधान फिचर्ड छन् । जिदेन तामाङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई विकल खतिवडाको निर्देशनमा तयार पारिएको हो । भिडियो गायक खतिवडाको अफिसिएल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।