धरानः चर्चित हास्यव्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ कै शब्द, सङ्गीत र स्वर रहेको ‘केराको थम्बा’ बोलको गीत सार्वजनिक भएको छ ।
श्रीकृष्णको आधिकारिक युटुब च्यानलमार्फत सो गीत सार्वजनिक भएको हो । उनले यस गीतमार्फत मनोरञ्जनका साथै केही सन्देश दिन खोजेको बताए । उक्त गीतमा श्रीकृष्णकै शब्द, सङ्गीत र स्वर रहेको छ ।
प्रतीक श्रेष्टको छायाङ्कनमा बनेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, सङ्गीता यादव, कृष्ण सुवेदी, रुविना गहतराज, भरत पोद्दारलगायतको अभिनय छ । सो भिडियो केशव रायमाझीले निर्देशन तयार भएको हो ।