Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यी जड कुरा लागू गरेमात्रै पनि चिन्ता हट्छ

हाम्रो कोशी आवाज
साउन २१ २०७८, बिहिबार
यी जड कुरा लागू गरेमात्रै पनि चिन्ता हट्छ

नियमित व्यायाम:
घटीमा ५ /६ पल्ट हप्तामा २०–३० मिनेट व्यायाम गर्नुपर्दछ । एरोविक व्यायाम गर्नु राम्रो मानिएको छ । यो व्यायाम गर्दा हाम्रो पूरा शरीरको ठूलो अस्थिपन्जर मांशपेशी को उपयोग हुन्छ अनि यसले शरीरमा अक्सिजन सक्षम तरिकाबाट सदैव माग गर्दछ । एरोविक व्यायामका उदाहरणहरूमा पौडी खेल्नु, साइकल चलाउनु, नाच्नु, दौडनु आदि पर्दछन् । छिटो हिड्नु अझै पनि सबै भन्दा वेस एरोविक व्यायाम हो, यसको लागि पैसा खर्च गर्नु पर्दैन । आफ्नो रुटिङमा कसरी नियमित व्यायाम गर्न सकिन्छ विचार गर्नुपर्दछ जस्तै पसलमा जाँदा गाडीको सट्टा हिँड्ने, बसबाट झर्दा अलि वरै झर्ने अनि बाँकी हिड्ने, साथी भाइसँग पनि बसेर गफ गर्नुको सट्टा हिँडेर गर्ने आदि । नियमित व्यायामले शक्ति र मांशपेशीको तागत बढाउँदछ । महत्त्वपूर्ण कुरा चाहिं यस्तो व्यायाम गर्दा धेरै बल जाने तर कम शक्तिको गर्नुपर्दछ । आफूलाई मनपर्ने कुनै काम गरे हुन्छ जसले आफ्नो उमेर क्षमता, दक्षता अनुरुप पनि विचार गर्नुपर्दछ । चाहिने भन्दा बढी व्यायाम गरेमा नोक्सान हुन्छ, दुविधा भए डाक्टरसँग परामर्श गर्नुपर्दछ ।
नियमित व्यायामका फाइदाहरू-
–व्यायाम गर्दा इडोर्फिन रगतमा छोडिन्छन्, यो केमिकलले सकारात्मक सोच र खुसी बढाउँदछ ।
–व्यायामले दिमागको नकारात्मक सोच घटाउँदछ, गहिरो निन्द्रालाई बढाउंछ ।
–कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेभल कम गर्न मद्दत गर्दछ ।
-रक्तचाप कम गर्न मद्दत गर्दछ, मुटुरोग लाग्ने कम जोखिम हुन्छ ।
–शरीरको मोटोपनको प्रतिशत घटाउँदछ ।
–जोर्नीहरूलाई मद्दत पुर्‍याउँदछ । मसलको शक्ति र तागत बढाउँदछ ।
-आत्मविश्वास तथा काम गर्न सक्ने क्षमता बढाउँदछ ।
स्वास्थ्यकर खाना :
स्वस्थ्यकर खानाले, चिन्तासँग लड्न सुधार पुर्‍याउँदछ । खानाले हाम्रो शरीरको प्रत्येक अङ्गहरूमा असर गर्दछ, मुटु, फोक्सो दिमाग आदिमा । स्वस्थ्य खानाले तन्दुरुस्तीका साथसाथै शक्ति, नसाहरूमा पोषण, रगत संचालनमा सुधार, स्वास प्रस्वासमा सजिलो, रक्तचाप कम, पाचन प्रणालीमा सहयोग, पक्षघात हुने जोखिमबाट कम, सामान्य स्वस्थ्यमा सकारात्मक र शान्त रहन मद्दत आदि गर्दछ ।
खानामा हर हमेसा चिल्लो, चिनी, नुन, क्याफिन,मदिरा आदि कम खाने गरेमा स्वस्थकर बन्न सकिन्छ । दिनमा प्रसस्त फलफुल र सब्जी खानु पर्छ। शरीरलाई आवस्यक मात्रामा पानी पिउनु पर्दछ।
आराम: आराम गर्दा किताव पढ्ने, आफूलाई आनन्द लाग्ने क्रियाकलापहरू गर्ने, साथीभाइसँग भेटघाट आदिले हाम्रो चिन्ताको लेभललाई कम गर्ने महत्त्वपूर्ण काम हुन्छ । यो कार्य दैनिकरुपमा गर्न सकेमा अझ जीवन सुन्दर हुन्छ ।
निन्द्रा: बेचैन हुनु चिन्ताको उग्ररुप हो । जति थकाइ लाग्दछ उति चिन्ता बढ्छ र सुत्न गाह्रो पर्दछ । त्यसैले निन्द्रा ठूलो औषधी हो, जति गहिरो निन्द्रा पर्‍यो स्फूर्ति शरीरमा आउछ । नियमितरुपमा बेलुका चाँडै सुती बिहान चाँडै उठ्नु उत्तम हो ।
धूमपान त्याग: धूमपानले विभिन्न किसिमका क्यान्सर, स्वास प्रस्वास, उच्च रक्तचाप र मुटुको रोगलाई निम्त्याउछ । धुम्रपान त्याग्नु नै स्वास्थ सुधार्नु हो। यसको लागि आफ्नो इच्छा शक्ति महत्वपूर्ण कुरा हो।
आफ्नो विचार र व्यवहार परिवर्तन :
–दृष्टिकोण: हामीले हेर्ने चिजहरूलाई दृष्टिकोण फरक पार्ने हो जसले गर्दा ती चिजहरूबारे राम्रो विचार बनोस । यसले वाहिरको पदार्थ परिवर्तन गर्दैन तर चिजहरूलाई फरक किसिमबाट कम चिन्तामा देख्न सकिन्छ, उदारहणको लागि एउटा आधी पानी भएको गिलासमा आधी खाली देखिनु जस्तै ।
–सकारात्मक सोचाइ: जहिले पनि सकारात्मक सोच बनाउन अत्यावश्यक छ । चिन्ताले दिमागमा धेरै नकारात्मक बिचार आउंछन् जसले गर्दा आत्मग्लानी, भयभित अनि नाजुक अवस्थामा पुर्‍याउँदछ । आफ्नो व्यक्तिगत विश्वास कम भई आफ्नो अस्तित्वमा नै प्रश्न आउन सक्छ ।
मनको सत्य भन्ने : यो भनेको रिस उठ्ने, झोक्किने होइन, खाली सरल रूपमा नियन्त्रण लिने र आफ्नो इच्छा चाहनालाई बुलन्द पारी अरूको हितलाई पनि ध्यान दिने तरिका हो । आफूलाई उपयुक्त हुने समय, मिलाई अरूको ध्यान पाउने गरी गर्ने । त्यसपछि विस्तारै कसैलाई पनि आरोप नलगाई सत्य तथ्य वर्णन गर्ने जस्तो “अघि लन्च खानु अघि तपाईले मलाई दुई जना मान्छेको अगाडि गाली गर्नु भयो ।आफूलाई जे लागेको छ भन्ने, जस्तै “मलाई अति लाज लाग्यो अनि दिक्क पनि ।”
-नकारात्मक परिणामवारे खुलाउने: आफूलाई बुझ्न गाह्रो गरी गरेको आलोचनालाई प्रष्ट्याउन लगाउने जस्तै कुन कुराले तपाईको विचारमा म मूर्ख भएँ । यदि त्यहाँ प्रतिज्ञा गरिएको कामवारे नकारात्मक परिणाम आउने भए अरूले परिवर्तन नगरेसम्म आफूले आफ्नो ठाउँ नछोड्ने ।
-प्राप्त गर्न सकिने उद्देश्य मात्र राख्नु पर्दछ ।
-बढी व्यवस्थित हुने: डायरीमा जरुरी कामहरू लेखेर पहिला छुट्याउने, उद्देश्य र क्रियाकलाप बनाउने
–समयको व्यवस्थापनमा सुधार गर्ने ।
समस्या बाँड्ने: नजिकको साथीभाइ, नातेदारलाई मनको चिन्ता या समस्या भन्ने, गुम्स्याएर नराख्ने ।
जति आवश्यक पर्दछ समय लिने । यसले समस्या समाधान गर्दैन तर यसले चिन्ताको लेभल कम गर्न अवसर दिन्छ र समस्याको बारेमा अरू विचार गर्न समय दिन्छ ।
स्वास्थ्यको लागि हाँसौ : हाँसोले शरीरको मसलको टेन्सनलाई घटाउँछ, श्वास प्रश्वासमा सुधार गर्दछ । मुटुको धड्कनलाई ठिक बनाउँदछ, रगतमा इडोर्फिन पम्प गर्दछ । मन र दिमागलाई आनन्द दिन्छ। हाँसोले शरीरको चिन्ता कम गर्दछ । सम्भब भएसम्म हाँसो र खुशीको बाताबरणमा समय व्यतित गर्ने प्रयास गरौ।
बर्षौ देखि रहेको चिन्ता निवारण गर्न भने पक्कै सजिलो हुने छैन । तर वितेको आफ्नो कमजोरीबाट सिक्नु पर्दछ । जति कोसिस गर्‍यो उति सहज रूपमा यसको फाइदा पनि पाउन सकिन्छ । चिन्ता अहिले संसारमा मान्छेको स्वास्थ्यमा जोखिम बढाउने प्रमुख कारण हो । चिन्ताबाट न समस्याको हल प्राप्त हुन्छ, न छुट्कारा नै । त्यसैले जति सक्दो चिन्ता पिर कम गरौँ, यही नै सिकौं । -एजेन्सी

प्रकाशित मिति: साउन २१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend