Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्यार्थी र अभिभावकको मन जित्दै युएन, नवोदय कलेज

हाम्रो कोशी आवाज
साउन २१ २०७८, बिहिबार
विद्यार्थी र अभिभावकको मन जित्दै युएन, नवोदय कलेज

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको छ ।
होटल म्यानेजमेण्ट, म्यानेजमेण्ट, बिएचएम, बिबिएसमा प्रदेश १ मै उत्कृष्ट नतिजा ल्याउन थालेपछि अभिभावकको मन जित्न थालेको हो । त्यस्तै, कलेजले यस वर्षदेखि कक्षा-११ मा विज्ञान र कम्प्युटर विज्ञानमा पठनपाठन थाल्ने जनाइएको छ ।
दक्ष, एवं योग्य शिक्षकहरूबाट व्यवस्थापन पठनपाठन हुने एक मात्र कलेज युएन, नवोदयमा प्रत्येक वर्ष विद्यार्थीले प्रदेश नं. १ टप र यसअघि नेपाल सेकेण्ड टपसम्म बनेको नतिजा निकालिसकेको छ ।
‘अहिले धेरैजसो विद्यार्थी राजधानी जानबाट रोकिएका छन्, कारण हो- धरानमै पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने र काठमाडौंकै हैसियतमा नतिजा निकाल्नु’, कलेजका अध्यक्ष ज्ञानेश्वर झा भन्छन्, ‘युएन, नवोदयले प्रदेश १ र नेपालकै नतिजा हेर्दा पनि उत्कृष्ट नतिजा ल्याएका छन् ।’
शैक्षिक वातावरणमा अध्ययन अध्यापन, कलेजमा दक्ष, अनुभवी र सधैं हौसला प्रदान गर्ने अध्यापकहरुका कारणले पनि कलेजले सफलता हासिल गरेको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो बताउँछन् । ‘हामी गुणस्तरमा कुनै कम्प्रोमाइज गर्दैनौं भनेर लागिपरिरहेका छौं’, उनले थपे, ‘खासमा यहाँ अध्ययन गराउने अध्यापक दक्ष, अनुभवी हुनुहुन्छ, त्यही कारण पनि विद्यार्थीले सफलता हासिल गर्दै गएका हुन् ।’
अहिले पनि कलेजमा पास भएका विद्यार्थीहरु देशविदेशसम्म छरिएर काम समेत गर्दै आएको होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ बताउँछन् । ‘खासमा हाम्रा विद्यार्थीले १०-१२ वर्षको अवधिमा कति सफलता हासिल गरेर भनेर हामीलाई पनि चासो हुन्छ, खोज्दै जाँदा देशविदेशसम्म राम्रै सफलता हासिल गरेको पाइयो, यो नै हाम्रो सफलता हो भन्ने लाग्छ ।’ उनी भन्छन्।
प्रदेश नं. १ का अधिकांश जिल्लाका विद्यार्थी यो कलेजमा अध्ययनरत् छन् । ‘प्रायः प्रदेश १ का सबै जिल्लाका विद्यार्थी यहाँ समेटिएका छन्’, क्याम्पस प्रमुख तुम्बापो भन्छन्, ‘यसैले पनि विद्यार्थी र अभिभावकको रोजाइको कलेज युएन, नवोदय बनिसकेको हामी भन्न सक्छौं ।’
यस वर्षको एसइईको नतिजाअगावै विद्यार्थीको चाप बढेको प्रमुख तुम्बापो बताउँछन् । ‘अभिभावक, विद्यार्थीको कलेज भिजिटको अधिकार हुन्छ, एसइईको नतिजा आइसकेको छैन तर पनि अभिभावक, विद्यार्थी कलेज भिजिटका लागि आइरहेका हुन्छन्, उनीहरु अहिले पनि युएन, नवोदय कलेज कस्तो हो भनेर दिनहुँ भिजिट गरिरहन्छन्’, उनले भने, ‘हामीले सक्नेजति कुरा गरिरहेका छौं, हामीले कुनै वनावटी, देखावटी कुरा गरेका छैनौं, जे छ त्यो कुरा भन्दै आएका छौं, कलेजको नतिजा, उपलब्ध सेवा-सुविधा आदिबारे अभिभावक, विद्यार्थीलाई बुझाउँछौं ।’

प्रकाशित मिति: साउन २१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend