Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइई बिजेताको रोजाइमा युएन, नवोदय

हाम्रो कोशी आवाज
साउन २६ २०७८, मंगलबार
एसइई बिजेताको रोजाइमा युएन, नवोदय

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले एसइई स्पीकर धरान-२०७८ का बिजेता दीपेन भण्डारीलाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।
मङ्गलबार कलेजमा क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले भण्डारीलाई अविर र खादासहित स्वागत गरे ।
त्यस्तै, पूर्ण छात्रवृत्ति प्रदान गरेको सम्झौता–पत्रमा कलेजका तर्फबाट क्याम्पस प्रमुख तुम्वापो, आयोजकका तर्फबाट तिर्थ कार्की र विद्यार्थीका तर्फबाट दीपेन भण्डारीले हस्ताक्षर गरे ।
भण्डारीले पूर्ण छात्रवृत्तिमा मङ्गलबार नै कक्षा-११ मा कम्प्युटर साइन्समा भर्ना भई सकेका छन् । रयाडिकल लाइट नेपाल प्रालिले आयोजना गरेको एसइई स्पीकर धरानको गत साउन २३ गते भएको फाइनलमा ‘देशको बेरोजगारी समस्या र युवा’ शीर्षकमा दीपेनले आफ्नो विचार ब्यक्त गरेका थिए ।
धरान-१६ कै चन्द्र संस्कृत माविबाट एसइई दिएका भण्डारीले हालै प्रकाशित भएको नतिजा अनुसार ३ दशमलव ५५ जिपिए प्राप्त गरेका छन् ।

एसइई स्पीकरको बिजेता बनेर छात्रवृत्ति पाएपनि यसअघि नै युएन, नवोदय भौतिक पूर्वाधारयुक्त, राम्रो शैक्षिक वातावरण, विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड दिने र प्राज्ञ शैक्षिक ब्यक्तित्वद्वारा सञ्चालन भएको कलेज भएको हुनाले आफ्नो रोजाइमा युएन नवोदय परेको भण्डारीले बताए ।
उनले भने, ‘मैले कलेज भिजिट पनि गरे र आफूले सुनेअनुसार नै कलेजको वातावरण पाएकोले युएन, नवोदय पढ्ने निधो गरे । एसइई स्पीकर धरानको विजेतालाई छात्रवृत्ति प्रदान गर्न पाउँदा खुशी लागेको क्याम्पस प्रमुख तुम्बापोले बताए ।
विद्यार्थीहरुको गुणस्तरीय शिक्षा र चौतर्फी विकासको लागि कलेजको तर्फबाट टेवा दिन कुनै कसुर बाँकी नराख्ने क्याम्पस प्रमुख तुम्बापोले बताए । होटल म्यानेजमेन्टमा प्रदेश नम्बर १ कै ब्राण्ड कलेजको रुपमा चिनिएको युएन नवोदय कलेजमा यसै शैक्षिक सत्रबाट साइन्स, कम्प्युटर साइन्स र फुड एण्ड न्युट्रीसन बिषय थप गरिएको छ ।

प्रकाशित मिति: साउन २६ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend