Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघा कलेजमा प्रवेश परीक्षा

हाम्रो कोशी आवाज
साउन २९ २०७८, शुक्रबार
धरान मेघा कलेजमा प्रवेश परीक्षा

धरानः धरान-१२ स्थित धरान मेघा कलेजले एसइई उत्तीर्ण विद्यार्थीका लागि प्रवेश परीक्षा आयोजना गरेको छ ।
निकै ठूलो समूह मिलेर धरानमा कलेज सञ्चालन आएदेखि नै निकै तामझामका साथ अघि बढेको धरान मेघाले तामझामका साथ प्रवेश परीक्षा गराएको हो ।
कलेजमा लिइएको प्रवेश परीक्षामा ३ सय ५० जना विद्यार्थी सहभागिता जनाएको कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए । ‘भौतिक उपस्थितिमा ३ सय जना र अनलाइन कक्षामा ५० जना विद्यार्थीले सहभागिता जनाएका छन्’, उनले भने ।
कलेजका प्रिन्सिपल भाष्कर पौडेलले प्रवेश परीक्षामा आधारभूत स्वास्थ्य मापदण्ड अपनाइएको जानकारी दिए । प्रवेश परीक्षामा धरानका अधिकांश स्कुल, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथेम, झापा, मोरङलगायतका जिल्लाबाट विद्यार्थीले सहभागिता जनाएको उनले जानकारी दिए ।
यस वर्षदेखि कलेजमा नेपालमै पहिलोपटक फुड एण्ड न्युट्रीसन, विज्ञान, कम्प्युटर साइन्स, साथै होटल म्यानेजमेन्टको पढाइ शुरु गरेकोछ । विज्ञानका विद्यार्थीहरुका लागि धरानमै उत्कृष्ट र अत्याधुनिक विज्ञान प्रयोगशाला भएको समेत रहेको कलेजको दावी छ । कलेजले विद्यार्थीलाई पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि जोड दिइने जनाइएको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: साउन २९ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend